Home » , » एमाले उम्मेदवार तीन तलाबाट खसेर गम्भीर

एमाले उम्मेदवार तीन तलाबाट खसेर गम्भीर

Written By SEO Expert in Nepal on Tuesday, October 1, 2013 | 7:24 AM

nepal news kantipur, nepal news nagariknews, onlinekhabar, online khabar
उदयपुर- आउँदो संविधान सभा चुनावमा नेकपा एमालेबाट उम्मेदवारमा सिफारिस लालसेर राई तीनतलाबाट खसेर गम्भीर घाइते भएका छन्। त्रियुगा नगरपालिका-२, गाइघाटका ६२ वर्षीय राई एमालेबाट समानुपातिकतर्फ २ नम्बर निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका छन्। उनलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको र राजधानी लान हेलिकोप्टर मगाइएको पारिवारिक स्रोतले जनाउको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

त्रियुगा नगरपालिकाका पूर्व मेयरसमेत रहेका राई घर नजिकै रहेको रियाज पेट्रोल पम्पको निर्माणाधिन भवनको तेस्रो तलाबाट मङ्गलबार खसेर सिमेन्टेड भुईमा पछारिदा एउटा हात भाँचिनुका साथै दाँत पनि भाँचिएको प्रत्यर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। दिउँसो साढे ४ बजे आफ्नै घरमा सञ्चालित लालीगुराँस बोर्डिङबाट निस्केर भर्खरै थपिएको तेस्रो तला नियाल्ने क्रममा एक्कासी खसेर घाईते भएको घट्नास्थल पुगेर फर्केका प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताए। 

पेट्रोल पम्प भएको निर्माणाधिन भवन राईको आफ्नै भान्जा पर्ने किशोर राईको हो। बन्दै गरेको भान्जाको घर निरीक्षाण गर्ने क्रममा उनले चलाएको चप्पल छत ढलान गरेको फलामे रडमा अल्भि्कएर लडेको अनुमान गरिएको उनका सहयोग पत्रकार कौशल चेमजोङले बताए। घट्नास्थलमा एउटा चप्पलको फित्ता चुँडिएको अवस्थामा फेला परेको आधारमा तारमा अल्झेर लडेको अनुमान गरिएको उनले बताए। 

गाईघाटस्थित लाली गुराँस स्कुलका सञ्चालक रहेका राई निजी तथा आवाशीय विद्यालय संघ (प्याब्सन) का पूर्वाञ्चल उपाध्यक्ष तथा त्रियुगा बहुमुखी क्याम्पस मोतिगडा व्यवस्थापन समितिका संस्थापक र हाल उपाध्यक्ष पनि हुन्।
Share this article :

Post a Comment

 
Support : Sarosebht
portal news of nepal, news portal of nepal, online portal news, online news portal
Copyright © 2013. All Rights Reserved
Website by Saroj Bhattarai
Proudly powered by Blogger